अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ २।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेको बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफल पार्न क्रियाशील हुने बताए ।