अनलाईन न्युजपाटी ,समाचारदाता, भदौ ३ ।
एजेन्सी : भारतीय सेनाका एक अवकाशप्राप्त अधिकारीले कश्मीरस्थित नियन्त्रणरेखामा दुई सेनाबीच हुने गोली हानाहानको अवस्था यसरी व्याख्या गरे।परमाणुशक्तिसम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानका झन्डै १० सैनिक विवादित क्षेत्रमा केही मिटरको दुरीमा आमन्नेसामुन्ने परिचाालित छन्। यो क्षेत्र विश्वकै सबभन्दा धेरै सैनिक परिचालित क्षेत्रमा पर्छ।शत्रुको बन्दुकको छायामा निरन्तर त्यसरी काम गर्नु, खानु र सुत्नुपर्दा कस्तो अनुभव हुन्छ भन्नेबारे भारत र पाकिस्तानका दुई अवकाशप्राप्त अधिकारीहरूले अनलाईन न्युजपाटीसँग आफ्नो धारणा व्यक्त गरेका छन्।”सबैलाई शान्ति मन पर्छ। शान्ति एउटा आदर्श हो। कुनैकुनै बेला शान्ति प्राप्त गर्न पनि तपाईँले युद्ध गर्नुपर्छ,” एक पाकिस्तानी अधिकारीले भने।”तपाईँले कि त मार्नुपर्छ कि त मारिनुपर्छ। अर्थोक सोच्ने वा विचार गर्ने केही छैन,” उनका भारतीय समकक्षीले बताए।”सिमानामा कहिले पनि स्थिति एकनासको हुँदैन। खतरापूर्ण अनि चलायमान स्थिति रहन्छ। हामीहरू उनका चौकीमाथि हावी हुन खोज्छौँ र उनीहरू हाम्रा चौकी कब्जा गर्न खोज्छन्,” भारतीय सेनाका अवकाशप्राप्त अधिकारी कर्नेल मुरुगानन्थमले भने।जब एकअर्काप्रति घृणा गर्ने अस्त्रशस्त्र अनि प्रशिक्षणयुक्त दुई सेना आमुन्नेसामुन्ने हुन्छन्, जुनसुकै बेला जेसुकै हुन सक्छ। “एकचोटि हाम्रा एक सैनिक पाकिस्तानी मशीन गन फायरमा मारिए,” कर्नेल मुरुगनन्थमले सुनाए।”हाम्रो बटालियनमाझ एकदमै उदासीको अवस्था आइपर्यो। तर लगत्तै त्यो अनुभूति प्रतिशोधको मागमा बदलियो। हामी अधिकृतहरूले थुमथुमायौँ र सैनिकहरूलाई हामीले अवश्य प्रतिक्रिया जनाउनेछौँ भनेर आश्वस्त पार्यौँ।””हामीले छेउको चौकीबाट प्रत्याक्रमणको योजना बनायौँ र उनीहरूमाथि हानि गरायौँ।”सीमा स्थिति यसरी चर्कन्छ।पाकिस्तानी कर्नेलले चाहिँ उनी त्यहाँ खटिएको बेला गोलाबारी नभएको तर उनका फौज बेलाबेला भावनात्मक बन्ने गरेको बताए।