अनलाईन न्युजपाटी ,सिमरा ,समाचारदाता, भदौ ३ ।
जील्ला प्रहरी कार्यालय बाराले दुईजना फरार प्रतिबादीलाई पक्राउ गरी कारागार चलान गरेको छ । प्रहरीले बहुबिबाह र सवारी ज्यान मुद्दाका गरी दुईजना फरार प्रतिवादीलाई जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वहुविवाह मुद्दाका प्रतिबादी बारा कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा बस्ने राजिन्द्र राउत कुर्मीको छोरा ३२ बर्षका सुनिल राउत कुर्मी र सवारी ज्यान मुद्धाका प्रतिबादी चितवन रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवाका २८ बर्षिय जिवन नेपाली रहेका छन् ।कुमीलाई २०७० साल माघ २६ गतेको फैसलाले बहुबिवाह मुद्धमा दोसी ठहर गरेलगत्तै उनि फरार रहँदै आएका थिए । उनिमाथी अदालतले एक बर्ष कैद र पाँच हजार रुपयाँ जरिवाना समेत सुनाएको छ ।त्यसैगरी जील्ला अदालत बाराको २०७५ फागुन ३० गतेको फैसलाअनुसार सवारी ज्यान मुद्धमा दोसी ठहर भएका नेपालीमाथी अदालतले २४ दिन कैद र दुई हजार रुपयाँ जरिवाना सुनाएको थियो ।दोसी ठहर भएलगत्तै फरार रहँदै आएका दुबैलाई बाराकै बिभिन्न स्थानमा लुकिछी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता, प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठोरले जानकारी दिए । दुबैलाई जिल्ला अदालतमा पेश गरी आदेशअनुसारको जरिवाना र सजायँ भुक्तानका लागी वीरगञ्ज पठाईएको उनले बताए ।