वीरगञ्जमा ८ जना हुण्डी कारोबारीविरुद्ध सवा अर्बको मुद्धा दायर

अनलाईन न्युजपाटी ,काठमाडौँ  ,समाचारदाता, भदौ ३ ।

नगद र चाँदीसहित पक्राउ परेका ८ जना हुण्डी कारोबारीविरुद्ध सवा अर्ब विगो दावी गर्दै अदालत पेश गरिएको छ ।

गत असार ९ गते ४२ लाख नगद र २ हजार ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका-५ माइस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनालाई अनुसन्धानपछि एक अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ विगोसहित अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *