जनकपुर अंचल अस्पतालको लापरवाहीले ज्यान गुमाएका कुन्दनको दोषीमाथि कार्वाहीको माग गर्दै प्रदर्शन

अनलाईन न्युजपाटी ,जनकपुर  ,समाचारदाता, भदौ ३ ।

जनकपुर अंचल अस्पतालको चरम लापरवाहीले ज्यान गएका २१ वर्षका युवक कुन्दन झाको दोषीमाथि कार्वाहीको माग गर्दै विद्यार्थीले जनकपुरमा प्रदर्शन गरेका छन् । जनकपुरमा डेफोडिल्स बोर्डिंग स्कुलका विद्यार्थीहरुले स्कुलको प्रांगणबाट विरोध जुलुस निकाल्दै जनकपुर अंचल अस्पतालसम्म प्रदर्शन गरेका हुन् ।उनीहरुले पटक पटक अस्पतालको लापरवाहीले सर्वसाधारणको अकालमै ज्यान गरेको भन्दै कुन्दन मृत्यु घटनाको निष्पक्ष छानविन गरी दोषी माथि अभिलम्ब कार्वाही गर्न माग गरेका छन् । उपचारमा लापरवाही गर्ने चिकित्सकहरुलाई कार्वाहीको माग गर्दै अस्पताल विरुद्ध उनीहरुले प्रर्दन गरेका छन् ।समान्य ज्वरो र पेट दुखेपछि जनकपुर अंचल अस्पतालमा गत शनिवार राति भर्ना भएका महोत्तरीको पिपरा गाउँपालिका बनौलीका कुन्दनको अस्पतालको लापरवाहीले आईतवार विहान ज्यान गएको थियो । 
समयमा ल्याबले रिपोर्ट नदिँदा र चिकित्सकले उपचार नगर्दा कुन्दनको मृत्यु भएको परिवारजनको आरोप छ । कुन्दन डेफोडिल्स स्कुलमा कम्युटर विषय पढाउने शिक्षक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *