बेलायतको सुनको शौचालय शनिबार बिहान चोरी

अनलाईन न्युजपाटी,भदौ २९  गते।

एजेन्सी : बेलायतका तत्कालीन चर्चित नेता विन्स्टन चर्चिलको जन्म घरमा रहेको १८ क्यारेट सुनको शौचालय शनिबार बिहान चोरी भएको छ । शनिबार बिहान ४:५० मिनेटमा शौचालय चोरी भएकोमा प्रहरीले ४:५७ मा खबर पाएको थियो । चर्चिलको जन्म घरलाई ब्लेनहिम प्यालेस भन्ने गरिएको छ । थेम्स प्रहरीका अनुसार सो शौचालय नपाइएपनि एक जना ६६ वर्षिय मानिसलाई सो प्रकरणमा संलग्नताको आशंकामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । सो शौचालयको मूल्य १० लाख पाउण्ड भएको जनाइएको छ । उक्त शौचालय चोरेर लग्न दुई वटा गाडी प्रयोग गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  १८ औं शताब्दीको सो दरबार बेलायतका चर्चित युद्धकालीन नेता चर्चिलको घर हो । सो घर विश्व सम्पदा सूचीमा समेत सूचीकृत रहेको छ । अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ब्लेनहिम प्यालेसले ट्विट गर्दै अहिलेलाई सो प्यालेस बन्द रहे पनि आइतबार खुल्ने जनाएको छ । सो सुनको शौचालय सन् २०१७मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ताव गरिएको थियो । पक्राउ परेको व्यक्ति प्रहरीको हिरासतमा रहेको जनाइएको छ । शौचालय हराएको भवन लण्डनबाट १०५ किमी पश्चिम अक्सफोर्डसायरमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *