अनलाईन न्युजपाटी,बुटवल ,समाचारदाता भदौ २९ गते।
अज्ञात समुहको गोली प्रहार बाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले गोली लागेर एक जनाको मृत्यु भएको पुष्टी गरे ।आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको उनले बताए । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।