अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ

अनलाईन न्युजपाटी,असोज ६ गते ।

एजेन्सी : करिब ३५ वर्षअघि अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ परेको त्यहाँको प्रहरीले जनाएको छ । ६५ वर्षीय एक लेबनानी नागरिक सन् १९८५ मा अमेरिकी एयरलाइन्स अपहरण प्रकरणमा संलग्न भएको आशंका गरिएको छ । ती व्यक्तिको नाम भने दिइएको छैन । उनको पासपोर्ट जाँच गर्दा जर्मनीले ‘वान्टेड’को सूचीमा राखेको पाइएको थियो । टीडब्ल्युए फ्लाइट ८४७ को विमान अपहरण प्रकरणमा लेबनानमा संघर्षरत हिजबुल्लाह समूहले नियन्त्रणमा लिएको र एक जना अमेरिकी नाभी ड्राइभर मारिएको जनाइदै आएकोमा सो समूहले भने अस्वीकार गर्दै आएको थियो । ती व्यक्तिलाई  सन् १९८७ को अर्को अपहरण लगायतका विषयलाई जर्मनीद्वारा वान्टेड सूचीमा राखिएको जनाइएको छ । उनलाई अहिले ग्रीसको उच्च सुरक्षासहितको थुनामा राखिएको छ ।  ट्रान्स वर्ल्ड एयरलाइन्सको विमान सन् १९८५ को जुन १४ मा कायरोबाट सान डीएगो जाँदै गर्दा अथेन्समा रोकेर त्यहाँबाट उड्ने क्रममा अपहरण गरी लेबनानको बेरुतमा आकस्मिक अवतरण गराइएको थियो ।१५३ जना यात्रु तथा चालक दलका सदस्यलाई त्यतिबेला उनीहरुले बन्धक बनाएर लेबनानका सयौँ शिया समर्थित व्यक्तिलाई इजरायलको जेलबाट मुक्त गनुपर्ने माग गरेका थिए ।  इजरायलले बन्दी रिहा नगरेपछि एक २३ वर्षीय अमेरिकी ड्राइभरलाई उनीहरुले हत्या गरेका थिए भने अन्यलाई भने रिहा गरेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *