अनलाईन न्युजपाटी,एजेन्सी समाचारदाता असोज २१ गते।
भारतको बेङ्लोर स्थित राममुर्ति नगरमा आइतबार बेलुका करिब ६ बजेको समयमा बीच सडकमै नेपाली-नेपालीयुवाहरु बिच झगडा हुँदा झगडा नगर भन्दै सम्झाउने युवालाइ नै उल्टो चक्कु प्रहार भए पछि मृत्यु भएको छ । नेपाल घर बझाङ जिल्ला तलकोट गाउपलिका ४ पिरु थापाका दुवै छोरा ईश्वर थापा र अमृत थापाले तलकोट गाउपलिका ६ स्वर्गीय धनलाल बिष्टका छोरा राजेन्द्र बिष्टलाइ पेटमा चक्कु प्रहार गर्दा रक्ताम्य भएका बिष्ट लाइ उपचारका लागि भिम बिष्ट,बिक्रम बिष्ट र सन्तोष बिष्टले अस्पताल पुर्याउदा उपचार हुन नपाउदै मृत्यु भएको छ। थापा ग्रुप र बिष्ट ग्रुपको पहिल्यै देखी दुश्मनी रहेको र त्यो दिनमा पनि दिउँसो कुनै कुरामा विवाद हुँदा भिम बिष्टले अमृत थापा माथि हातापाइ गरेको र त्यसको रिसमा बेलुकाको समयमा अमृत थापा र ईश्वर थापा दुवै भाइ मिलि दिनमा झगडा गर्ने लाइ मार्ने योजना बनाएर आएको र दिनमा झगडा गर्ने भिम बिष्ट सग बिबाद गर्दै बिच सडकमै लडाइँ गरिरहेको कस्तुरी नगरबाट गाडीमा सवार रहेका राजेन्द्र बिष्टले देखे पछि गाडीबाट झरेर आफ्ना साथीहरूलाइ लडाइँ नगर भनेर सम्झाउन खोज्दा उल्टो राजेन्द्र बिष्टमाथी चाक्कु प्रहार गरि रक्ताम्य बनाएको प्रत्येक्षदर्शी सन्तोष बिष्ट र बिक्रम बिष्टले बताएका छ्न । उक्त हत्यामा सङलग्न सबैलाइ प्रहरीले पक्राउ गरि छानबिन गरिरहेको बिद्यार्थी मिनेश रावलले अनलाईन न्युजपाटीलाई सम्पर्क गरि बताएका हुन ।