एजेन्सी, अनलाईन न्युजपाटी,साउन २४।
७६ जना भारतीय र ४१ जना पाकिस्तानी नागरिक सहित दिल्ली पुगिसक्यो समझौता एक्सप्रेस,बिहीबार समझौता एक्सप्रेसलाई पाकिस्तानले एकतर्फी रद्द गरेका थिए । अटारी रेलवे स्टेशनमा ट्रेन छोडेर पाकिस्तानी ड्राइभर र गाइडहरू आफ्नो स्वदेश फर्केका थिए । यस पछि, भारतीय ड्राइभर र गाईडहरू राति १:३० बजे अटारी रेलवे स्टेशनबाट ट्रेन लिएर भारतका लागि निस्किए। आज बिहान, समझौता एक्सप्रेस सकुशल पुरानो दिल्ली रेलवे स्टेशन पुगेको छ।