हंसपुर नगर पालिकाको मेयर उपमेयर विवाद समाधान गर्न समिति गठन

अनलाईन न्युजपट्टी जनकपुरधाम साउन २४

धनुषाको हँसपुर नगरपालिकाको कार्यालय विवाद उग्र रुप लिन थालेपछि प्रमुख र उपप्रमुख बिच सामञ्जस्यता कायम गरी यसको निकास खोज्ने सहमति भएको छ ।


जिल्ला समन्वय समिति धनुषाको पहलमा दूबै पक्ष बिच भएको वार्तापछि सामञ्जस्यता कायम गरी समस्याको निकास खोज्ने सहमति भएको हो । दुबै पक्ष बिच सामञ्जस्यता कायम गराई कार्यालयको विषयमा कानूनी निकास खोज्नका लागि सात सदस्यीय अनुगमन समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति धनुषाको प्रमुख रामदेव बनरैत, संयोजक रह्ने गरी गठन गरिएको अनुगमन समितिमा, जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झा, हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका एक जना अधिकृतलाई सदस्य राखिएको छ ।


सात सदस्यीय समितिले स्थलगत निरिक्षण गरेर दूबै पक्ष बिच सामञ्जस्यता कायम गराई कार्यालय सम्बन्धी विवादको कानूनी निकास खोज्ने प्रयास गर्नेछ । अनुगमन समितिले समेत यसको कानूनी निकास खोज्न नसकेको खण्डमा प्रदेश दुईको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय संग परामर्षको आधारमा निकास खोज्ने निर्णय गरिएको छ ।


जिल्ला समन्वय समिति धनुषाको सभाहलमा भएको दुबै पक्ष बिचको छलफल पश्चात नगरपालिकाको अनुगमन समितिले सिफारिशको आधारमा मात्रै योजनाहरुको भुक्तानी गर्ने, हँसपुर नगरपालिका वडा नम्बर दुई स्थित बघचौडामा प्रहरी र स्थानीयवासी बिचको झडमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च तथा सशस्त्र प्रहरीको गाडीमा भएको तोडफोडको मरम्मत सम्भार गर्ने लगायतका समेत निर्णय गरिएको छ । यस अघि हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा बिच नगरपालिकाको केन्द्रलाई लिएर विवाद उग्र रुप लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *