अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता साउन २४।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइँ लम्बिएको छ। शुक्रबार फर्किने कार्यतालिका भए पनि आइतबार मात्रै फर्किने योजना बनेको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आइतबार दिउँसो थाइ एयरलाइन्सबाट प्रधानमन्त्री फर्किने कार्यक्रम छ।
स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली गत शनिबार ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए। सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सामान्य आएको छ।