अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष २१ गते।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलबारीबाट खटेको सशस्त्र प्रहरीको टोलीले पाँच गोलिया काठ बरामद गरेको छ । विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी निरीक्षक जयबहादुर महताको कमाण्डमा खटेको सशस्त्र प्रहरी टोलीले कैलारी गाउँपालिका–१ डम्मरा गाउँबाट पाँच गोलिया काठ बरामद गरेको हो । अवैध रुपमा बेचबिखनका लागि काठ लुकाइएको सूचनाको आधारमा सशस्त्र टोली डम्मरा पुगेको जनाइएको छ । बरामद काठ ७० क्युफिट अन्दाजी तीन लाख रुपैयाँ मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले जानकारी दिएको छ । बरामद काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।