सुनको मूल्य ऐतिहासिक बिन्दुमा प्रति तोला ७६ हजार,मूल्य बढ्ने क्रम जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,पौष २१ गते।

अमेरिका र इरानबीच बढ्दो तनावपछि शुक्रबारदेखि विश्व बजारमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सोही असर नेपाली बजारमा पनि परेको कारण सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ । गत शुक्रबार, आइतबार र सोमबारका लागि तोकिएको सुनको बजार खरिद मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । आइतबारको तुलनामा छापावाला र तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अनलाईन न्युजपाटीलाई बताए । पुसमा सुनको कारोबार खासै नहुने भए पनि बड्दो मूल्यले सुन बजार झनै सुनुसान बनेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *