२ लाख रुपैयाँ घुससहित खानेपानीका प्राविधिक कर्मचारी पक्राउ

अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदाता,फाल्गुन१० गते।

भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग सुर्खेतको भेरीगंगा नगरपालिकाको एक जना खानेपानी तथा सरसफाइका प्राविधिक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ । नगरपालिकामा कार्यरत प्राविधिक चित्रबहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरेको अख्तियारले बताएको छ । अख्तियारले केसीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *