अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,फाल्गुन१० गते।
चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरसका कारण मृत्यु भएको छ । वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको राष्ट्रिय संचार माध्यमले जनाएको छ । डाक्टर पेङ जियाङजिया जिल्लामा रहेको फस्ट पिपल्स हस्पिटलमा कार्यरत रहेका थिए । बिरामीको उपचारमा खटिएको बेला नै उनमा कोरोना भाइरसको संक्रमण भएको हो । उनलाई जनवरी २५ मा अस्पताल भर्ना गरिएको थियो