दुई नेपाली दिदी बहिनीको भारतबाट सकुसल उद्धार, राई दलाल फरार

अनलाईन न्युजपाटी,नवलपरासी,समाचारदाता,फाल्गुन१० गते।

एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ता बजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो । 

आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले अनलाईन न्युजपाटीलाई जानकारी दिनुभयो ।उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् ।”युवती लैजाने राई थरकी महिला र अन्य संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ”।

भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *