अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन १५गते।
विभिन्न व्यक्तिलाई रोजगार सिलसिलामा फ्रान्समा पठाई दिन्छु भन्दै ठग्दै हिड्ने महिला पक्राउ परेका छन्। फ्रान्समा (प्याकिङ फुड) कामको लागि आकर्षक तलव हुने भन्दै काममा जान लागत स्वरुप अठ्तीस लाख पचास हजार लिएर बेपत्ता भएकी पुर्णिमा श्रीष पक्राउ परेकी छिन् ।
रुपन्देही जिल्ला दुधराक्ष गा.वि.स. वडा नं. ०५ घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नं.१९ बाट विभिन्न मितिमा ३ जनाको उक्त रकम लिएर भागेका थिए ।
पिडितहरुले गत माघ २८ गते जाहेरी दिए पश्चात उनको खोजी कार्य तिब्र भएको थियो । महाशाखा टोलीले निज पुर्णिमा श्रीषलाई तारकेश्वरबाटै बुधबार बेलुका पक्राउ गरेको हो । थप अनुशन्धानको लागि बिहीबार महानगरीय प्रहरी परिसर,काठमाण्डौ पठाईएको छ ।