प्रधानमन्त्री ओलीले गरे गोकुल बाँस्कोटाको बचाउ: डिफेन्ड गर्न खोज्या होइन

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन १५ गते।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ‘अडियोमा बाँस्कोटाकै आवाज हो भन्‍ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् ।‘मैले कसैको डिफेन्ड गर्न खोज्या होइन। गोकुल बाँस्कोटा दोषी भए कारबाही हुन्छ होइन भने झुठो बोल्नेलाई कारबाही हुन्छ,’ ओलीले भने। भ्रष्टाचार भएको जस्तो गरी प्रचार गर्नु जरूरी छैन । प्रधानमन्त्रीले भने “दोषीभए उहाँले सजाय  भोग्नु पर्छ”। नत सत्यता पुष्टि भएको छ, नत अहिलेसम्म कुनै उजुरी परेको छ ।बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले भने, ‘अनधिकृत मान्छेले ल्याएको टेप उचालियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *