यसपालिको दशैंमा नयाँ नोट नपाइने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २६ गते

नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ।

कोभिड-१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको गर्दा लामो लाइनले कोरोना सर्ने जोखिम रोक्न यस्तो निर्णय लिइएको जानकारी दिए।

विगतका वर्षहरुमा दशैंमा नयाँ नोट सटही हुँदै आएपनि यसपालिको दशैंमा भने कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ नोट सटही नगरेको बैकले जनाएको छ ।

‘हाल बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत कोरोना संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिपेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ सूचानामा भनिएको छ ।

राष्ट्र बैंकले यसले सर्वसाधारण माथि पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *