अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक ४ गते
यसपटक दशैको विदामा कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ सेवा सूचारु हुनेछ,’ बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एटीएम सेवा समेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।’

दसैं बिदामा पनि बैंकहरुले सीमित शाखा खुला राखेर आधारभूत बैकिङ सेवा दिँदै आएका थिए । यो वर्ष कोभिड–१९ को जोखिम उच्च रहेका भन्दै बैंकहरुले दसैंका लागि सरकारले दिएको सार्वजनिक विदाको दिन बैंक बन्द गर्ने भएका हुन ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएको हामी सबैमा विदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वाणिज्य बैंकका कर्मचारीमा समेत संक्रमणको दर दिनहु बढदै हालसम्म ३ हजार ७ सय भन्दा धेरै कर्मचारीहरु संक्रमित भइसकेको अवस्थामा पनि नियमित रुपमा सेवा प्रदान गर्दै आइरहेका छौं ।’