टिभिएस दसैंको आशा स्किम अन्तर्गत जनकपुरका रत्नेशले लक्की ड्र मार्फत पाए ८ लाखको बाइक

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक २३ गते

टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता बनेका रत्नेश कुमार कर्णले आज टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गरेका छन् ।

आर्यन अटोमोबाईल जनकपुरद्धारा आज आयोजना गरिएको बम्पर पुरस्कार बिजेता सम्मान कार्यक्रम अन्तर्गत अपाचे आरआर ३१० मोटर साईकलको साचो प्रदान गरिएको थियो।

कर्ण टीभीएस दसैंको आशा योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट विजेता बन्न सफल भएका थिए ।

बम्पर पुरस्कार बिजेता सम्मान कार्यक्रमको मुख्य अतिथि जनकपुरधाम उप-महानगरपालिकाका मेयर लाल किशोर साह, कार्यक्रमका सभापति राम बालक महतो (शो रूम संचालक) बिशेष अतिथि जगदम्बा मोटर्सका जेनरल म्यानेजर दीपक रौनियार, टीभीएसका क्षेत्रीय अफिसर अमरेन्द्र मल्लिक, जनकपुर यातायात प्रमुख बिपिन कर्ण, ट्राफिक इन्स्पेक्टर नबराज न्योपाने भद्रभला आदमी, पत्रकार र सर्ब सधारण व्यक्तिको बाक्लो उपस्थिति थियो।

“टीभीएस दसैंको आशा” योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि  https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *