अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २३ गते
काठमाडौं उपत्यकामा आज थप १ हजार ५ सय ३३ संक्रमित फेला परेका छन् । जसमध्ये ७ सय १० महिला र पुरुष ८ सय २३ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८८ हजार ७ सय २७ पुगेको छ ।
योसंगै काठमाडौंमा ७२ हजार ६७ जना, ललितपुरमा १० हजार १ सय ५३ , भक्तपुरमा ६ हजार ५ सय ७जना संक्रमित थपिएका छन् ।