चेन्नई सुपर किङ्सले गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले हरायो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २८ गते

आईपीएल टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।यूएईमा जारी १३ औं संस्करणको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित हासिल गरेको हो।

गएराति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो ।

चेन्नाईले पहिले ब्याटिङ गर्दै हैदरावादसामु १६८ रनको चुनौती पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् ।

चेन्नाइका लागि ड्वेन ब्राभो र कर्ण शर्माले दुई–दुई विकेट लिए । साम कुरान, रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए । जडेजाले ब्याटिङमा पनि राम्रो गरे । उनले १० बलमा नटआउट २६ रन बनाए । यो प्रदर्शनका कारण उनी म्यान अफ द म्याच भए ।

चेन्नाई, हैदरावाद र राजस्थान रोयल्सको समान ६–६ अंक भएको छ । रेन रेटका आधारमा हैदरावाद पाँचौं र राजस्थान सातौं स्थानमा छन् । चौथो नम्बरमा रहेको कोलकाता नाइट राइडर्सको आठ अंक छ । हैदरावाद र चेन्नाईले बाँकी टिमसँग एक–एक म्याच बढी खेलेका छन् । यी दुवै टिमले आठ खेल खेलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *