विश्वमा एकैदिनमा थपिए ३ लाख १३ हजार १०५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २८ गते

विश्वमा एकैदिन ३ लाख १३ हजार १०५ जना कोरोना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ५२ हजार ७७६पुगेको छ ।

बितेको २४ घण्टामा ४ हजार ९७४ जनाको ज्यान गएको छ । एकैदिन ४ हजार ९ सय बढीको मृत्यु भएसँगै मृतकको संख्या १० लाख ९० हजार ७३४पुगेको छ ।

विश्वमा ८४ लाख १९ हजार ७३२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६९ हजार ९७७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ८८ लाख ४५हजार ५४४जनाले कोरोनालाई जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *