अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता असोज २७ गते
नेपाल भारत सिमानाका स्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ ।
मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४/६४ नं को सिमा स्तम्भ जीर्ण अवस्थामा छ ।
पटक-पटक सिमासुरक्षा ,सिमा अतिक्रमणको विबाद उठछन र केहि दिनमा सेलाएर जान्छन तर सिमानाकाका स्तम्भहरु भने जीर्ण अवस्थामा नै छन ।
विजयनगर गाउपालिका वडा ६ तिर ढलेको सिमा स्तम्भहरु छन भने अन्य केही स्तम्भहरुमर्मतको अभावमा जीर्ण भई सिमना पहरेदारकै संरक्षण हुन नसकेको भिल्मीका स्थानिय कमलेशचन्द्र गुप्ताको भनाई छ।
सरोकारवालाको ध्यान नपुगेकाले अतिक्रमण सम्भवना बढ्न सकने गुप्ताले बताएका छन ।