सशस्त्र प्रहरी बिरगंज भन्सार राजस्व गस्ती टोलिद्धारा १४० पिस लागु औषध सहित एक जना पक्राउ

अनलाईन न्युजपाटी, संजु छतकुलि,बिरगंज,समाचारदाता, असार १९ गते

सशस्त्र प्रहरी भन्सार  राज्स्व गस्ती टोलिले बिरगंजको मितेरी पुल देखि ५०० मि. पुर्बबाट लुकाई छिपाई ल्याउदै गरेको लागु औषध, सहित एक जनालाई पक्राउ गरेको छ।

चामलको दुईवटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको लागु औषध बिरगंज  भन्सार राज्स्व गस्तीमा खटिएको स.प्र .स.नि. को कमान्ड ड्युटिले सोध्पुछ गर्न रोक्न खोज्दा पछाडी बसेको एक जना भागेपछि   मोटरसाईकल चालकलाइ नियन्त्रणमा लिएर चेक जाँच गर्दा बोरामा लुकाएको अवस्थामा दुई वटै बोरामा ७०/७० वटा ONEREX लागू औषधि फेला परेको छ ।

क्राउ गरेको उक्त लागु औषध भारत्को रक्सौलबाट ल्याएको सशस्त्र प्रहरी भन्सार राजस्व गस्ती टोलिले जनाएको छ। शुक्रबार दिउँसो मितेरी पुल्को पुर्ब पट्टी बाट आउदै गरेको ना २७ प ९९९९ नम्बर को पैसन मोटरसाइकलमा सवार बारा कलैयस उप महानगर १२ धर्मनगर बस्ने नरसिंह राय भाटको छोरा बर्ष )२२ को सजिर राय भाट रहेको सशस्त्र प्रहरी भन्सार गस्ती टोलिका प्रमुख खत्रीले जनाएका छन।

क्त पक्राउ परेको साजिर राय भाटलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *