नेपालमा थप एकजना को मृत्यु, मृतकको संख्या ३३ पुग्यो

अनलाईन न्युजपाटी, काठमाडौँ,समाचारदाता, असार २० गते।

कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ ।पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *