अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ३१ गते
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार रौतहट जिल्ला परुवा नगरपालिका वडा न ७ निवासी ३६ वर्षपुरुष को आज उपचार को क्रममा मृत्यु भएको हो । उनि केहि दिन अघि मात्र भारत को बैंगलोर बाट आएका थिए। नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ।