लगातार बढिरहेको कोरोना संक्रमितको संख्या कारण के फेरि भारतमा पूर्ण लकडाउन लाग्छ त?

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार ३१ गते

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको २९ हजार ४२९ नयाँ घटनाहरू दर्ता भएका छन् र कोविड १९  को कारण ५८२ जनाको मृत्यु भएको छ।

सरकारी तथ्यांकका अनुसार हालसम्म भारतमा ९लाख ३६ हजारहजार कोरोना इन्फेक्सनका घटनाहरू दर्ता भएका छन्। यी मध्ये ५ लाख ९२  हजार भन्दा बढी व्यक्तिहरू संक्रमण पछि पूर्ण रूपले निको भइसकेका छन्।

जबकि ३   लाख १९   हजार ८४० बिरामीलाई अझै संक्रमणको लक्षण रहेको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भनेका छन् कि भारतमा कोविड १९बाट हालसम्म २४ हजार ३०९ व्यक्ति मरेका छन्।

केन्द्रीय सरकारका अनुसार भारतमा यो महामारीबाट निको हुन र मर्नेहरुको अनुपात ९६% र ४% छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *