हातहतियार सहित जनकपुरधामबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, साउन ५ गते

जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा ९ जानकी मा.बि. अगाडीबाट एक जना  पक्राउ परेको छ ।  पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिपुर्वा नगरपालिका वडा न ८ बसतपुर घर भई हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा ८ बजरंगचोक स्थितमा डेरा गरी बस्ने अनुरुद राय यादवको छोरा वर्ष २१ को सुनिल कुमार अधिकारी रहेको छ ।

पैदल हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोशाकमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले संका लागी चेक जाच गर्ने क्रममा निजको साथबाट १ थान खाली कटुवा पेस्तोल फेला पारी हतियार सहीत निजलाई नियन्त्रणमा लिईएको हो।

 जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *