सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गर्यो, स्थानीयवासीलाई सतर्क रहन आग्रह

अनलाईन न्युजपाटी सुनसरी,समाचारदाता, साउन ६ गते

अविरल वर्षाका कारण सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । आज बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । जुन यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

 पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले दुईवटै नहर बन्द गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *