आज कर्णाली प्रदेशमा ५ जना संक्रमित थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ  समाचारदाता, साउन ३० गते

आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट शुक्रबार थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये दैलेखका तीन जना, जुम्ला र सल्यानका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *