गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता, साउन ३० गते

आज गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ भानु-१ का १४ पुरुष र ६ महिला गरि २० जना र स्याङ्जा पुतलीबजारका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *