पुनः थपियो बिराटनगरमा लकडाउन अबधि, भदौ ५ गतेसम्म हुने

अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता, साउन ३० गते

बिराटनगरमा भदौ ५ गतेसम्म लकडाउन थप भएको छ । बिराटनगर महानगरपालिका स्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि  सबै सेवाहरु साउन १६ गते राती १२ बजेपछि साउन ३० गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

विराटनगरमा कोरोना संक्रमण बढेको कारण लकडाउन बढाइएको छ। हालसम्म कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने ६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *