शुक्रबार राति १२ बजे देखि काठमाडौं उपत्यकामा भदौ १५ गते रातिसम्म निषेध

अनलाईन न्युजपाटी,काठमाडौँ  समाचारदाता, साउन ३१ गते

रकारले शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध शुक्रबार राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले शुक्रबार राति देखि काठमाडौं उपत्यकामा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले खुल्ला स्थानमा भेला जम्मा नहुन, भीडभाड गर्न, सभा जुलस गर्न निषेध गरिएको गर्ने निर्णय गरेको छ । यस्तै जात्रा मनाउन पनि निषेध गरिएको छ भने कुनै पनि महोत्सवहरुको आयोजना गर्न पनि नपाइने भएको छ ।

दैनिक हुन नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरुमाथि पनि निषेध लगाइएको छ । निषेध गरिएको गतिविधिहरु गरिएको खण्डमा ऐन बमोजिम हदैसम्मको कारवाही हुने पनि बैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *