प्राथमिक स्वास्थय केन्द्र भगवानपुरमा राष्ट्रिय खोप तालिमको सेवा मासिक रूपमा संचालन

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता, साउन ३१ गते

नेपाल सरकारद्धारा संचालित रहेको राष्ट्रिय खोप तालिमको खोपको सेवा लिन हजारौं जना लभाम्बित भएका छन्। सिरहाको भगवानपुर गाउँ पालिकामा राष्ट्रिय खोप तालिम मासिक रूपमा संचालनमा रहेको छ ।

भगवानपुर गाउँ पालिका वडा नम्बर १ स्थित रहेको प्राथमिक स्वास्थ केन्द्रमा प्रत्येक महिनाको २२,२३,र २६ गते खोप लगाउने गरेको प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज राजेश यादवले जानकारी दिनु भयो ।

उक्त खोप गर्भवती महिला बाट जन्मे  देखि १५ महिना सम्मको लगाउने गरेको छ । यो ५ दिने पुर्ण निशुल्क नियमित खोप कार्यक्रम हो ।

उक्त खोप कार्यक्रम देशको सबै जिल्लामा चलिरहेको यादवले बताए । गर्भवती महिला र बालबालिकाहरुमा १३ प्रकारका चमर रोग लागन न दिन सो खोप लगाउने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *