अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ३१ गते
नेपालमा पछिल्लो २४ घण्टायता थप तिन जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको ब्रिफिङका क्रममा थप तिन जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार कपिलबस्तु जिल्ला माया देवी गाऊ पालिका वडा न ७ निवासी ४० बर्सिय पुरुषको निधन भएको छ।
धनुषा जिल्ला जनकनन्दनी नगरपालिका वडा न ४ बस्ने ५० बर्षीय पुरुषको निधन भएको छ।
पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा १२ निवासी ६० बर्सिय पुरुषको निधन भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १०२ (८० पुरुष २२ महिला) पुगेको छ ।