अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, भदौ २५ गते
धनुषामा १४ वर्षीया नाबालिकलाई पसलमा बोलाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
धनुषाको महेन्द्रनगर बस्ने वर्ष १४ कि नबालिकालाई लक्ष्मिनिया गा.पा. वडा नं. २ सिनुरजोडा बस्ने ५६ बर्सिय बद्रिनाथ साहले फकाई आफ्नो पसलमा रहेको कार्टुन छतमा माथि पुर्याई दिनु भनी निज नाबालिकालाई पसलमा बोलाई मुख थुनी बलात्कार आरोपमा पक्राउ परेका छन्।
बलात्कार गरी फरार बद्रिनाथ साह धनुषा जिल्ला अदालत जनकपुरधमाको आदेशानुसार विशेष सुचनाको आधारमा प्रहरीले जिल्ला महोत्तरी स्थित मठिहानीमा लुकी छिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ परेका छन्।