भारतमा एकै दिनमा थपिए ९५ हजार भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २५ गते

भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ९५ हजार पाँच सय २९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ७५ हजार ९१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक हजार एक सय ६८ जनाको मृत्यु भयो ।

भारतमा हालसम्म ३४ लाख ६९ हजार ८४  जना संक्रमित उपचारपछि घर फर्किएका छन् । जम्मा ४४ लाख ६२ हजार नौ सय ६५ संक्रमितमध्ये नौ लाख २१ हजार ५५ जना उपचाररत छन् । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *