अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, असोज १ गते
सन्सार भरि फैलिएको कोरोना भाईरस महामारीको बेला परवानीपुर चौकी र ट्राफिक प्रहरीको ज्यादती बढेकोले भारतिय गाडीवालाहरुलाई सास्ती पाईरहेको चालकहरुले बताएका छन्।

देशकै ठुलो भन्सार icp वाट प्रत्येक दिन लगभग ५०० देखि १ हजार सम्म निस्केको ट्रक, कन्टेनरहरु मध्ये ओभर लोड गर्ने गाडीवालाहरु संग ट्राफिक प्रहरी र परवानीपुर रहेको प्रहरीचौकी दुबैलाई मस्ति र नियम कानुन अनुसार हिड्ने गाडिहरुलाइ ट्राफिक र प्रहरी चौकी परवानीपुरले चेक जाचको नाममा सास्ती दिएको भारतिय गाडि चालकहरुले बताएका छन् ।
आईसिपी भन्सारवाट चेकजाँच भई निस्केको भारतिय गाडिहरु संग परवानीपुर प्रहरी चौकी र ट्राफिक प्रहरीले चेकजाँचको बहानामा छुट्टा छुट्टै रकम असुली गरेको भारतीय गाडि चालकहरुले बताउछन् ।
भारतिय गाडिचालकहरु लाई दर धम्कि देखाई प्रत्येक गाडिसंग २०० सय रुपैया देखि ५०० सय सम्म रुपैया असुली गरिरहेको देखिएको छ।