छाडा चौपायाका कारण स्थानिय तनाबमा, स्थानिय तह बेखबर

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता असोज १ गते

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका बिभिन्न स्थानमा छाडा गाई गोरुले सताउन थालेका छन कृष्णनगर, बहादुरगंज, डबरा, गुरचीहवा, लछ्मिनगर, सेमरा लगायतका स्थानमा लगाइएका बाली नाली गाई गोरुहरुले सखाप पार्दे छन ।

 रात दिन छाडा गाई गोरुहरुले गर्दा स्थानीय हैरान परेसान भएका छन । कहिले बाली नाली सखाप पर्ने त कहिले दुर्घटना निम्त्याउने जस्ता समस्या भोग्न सर्बसाधारण बाध्य भएका छन ।

ती सबै स्थानमा दिउसो र रातीमा २० / २५  वटा गाई गोरुहरु जम्मा भएर रातिको समयमा ठुलै संख्यामा बालीनालीमा पसेर बाली नाली सखाप पारिरहेको किसानहरुले बताउछन  ।

रात र दिनको समयमा ती गाईगोरु सडकभरी घुमिरहदा यात्रा गर्न कठिनाइ हुन्छ र पशु चौपायका कारण सवारी दुर्घटना पनि निम्तिएको छ र दिनहुँ दुर्घटना हुने गरेको छ ।

मुख्य गरी कृष्णनगरको सेमरा, बहादुरगंज, गुरचीयहवा लगायतमा छाडा गाई गुरुको कारण धेरै बालीनाली नोक्सान भएको बहादुरगंजका एक किसानले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *