भारतमा एकै दिनमा थपिए ९६ हजार सात सय ९३ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २  गते

भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार सात सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म भारतमा ५२ लाख १२ हजार छ सय ८६ जनामा संक्रमण पुष्टि भइसकेको छ । ८४  हजार चार सय चार जना संक्रमितको मृत्यु भएको छ । दैनिक एक हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ । एकै दिन एक हजार एक सय ७४ जनाको ज्यान गयो ।

४१ लाख नौ हजार आठ सय २८ संक्रमित उपचारपछि घर फर्किएका छन् । १० लाख १८ हजार चार सय ५४ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *