आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २ गते

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।  हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो : देशभर सामान्यतया बदली रही देशका  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १  नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका  र  प्रदेश नं ५ का  एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी प्रदेश, प्रदेश  नं ५, र सुदुरपश्चिम  प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *