अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २ गते
नेपालमा आज थप ७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २महिला सहित ५ पुरुष गरि ७ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरंगको ६६ बर्सिय दुई पुरुष, भक्तपुरको ८२ बर्सिय एक पुरुष, ललितपुरको ६२ बर्सिय एक महिला, नबलपरासीको ३१ बर्सिय एक पुरुष, काठमाडौँको ८८ बर्सिय एक पुरुष र ८५ बर्सिय महिला कोरोना सङ्क्रमणबाट निधन भएको छ।