अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २ गते

आज बिहान देखि नै जनकपुरको रेल्वे स्टेशन भरिएको थियो ,कारण बहुप्रतिक्षित नेपाल रेलको जनकपुरधाममा आउने प्रतिक्षा समाप्त भएको छ। बालबालिका देखि युवक बृद्ध, सम्मका व्यक्तिको बाक्लो भिड रहेको थियो ।

नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा राखिएको थियो ।
