महिलालाई बन्धक बनाई हत्या गर्ने फरार अभियुक्त पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २० गते

महिलालाई बन्धक बनाई हत्या गर्ने फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् ।

माझीले ०७६ साल जेठ ५ गते काठमाडैं कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक थापाले बताए ।

अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई आफ्नै कोठामा लिएर वैशाख ३० गतेदेखि बन्धक बनाएका थिए । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *