धनुषामा २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेको पुष्टि

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक २९ गते

जनकपुरमा २६ वर्षीया महिलामाथि एसिड आक्रमण गर्ने उनको आफ्नै पति रहेको पुष्टि भएको छ ।

महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनका  २७  वर्षीय पति सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वडा नम्बर चार संकट मोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपीले जानकारी दिए। 

पतिपत्नीबिच मनमुटाब रहेको कारण माइत जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरमा घरमै बसिरहेकी २६ वर्षीया आरती साहमाथि शनिबार बिहान साढे ९ बजे एसिड प्रहार भएको हो ।

खराब सम्बन्धको कारण श्रीमान संजिवले नै एसिड प्रहार गरी भागेको स्थानीयले बताएका छन् ।एसिड प्रहारबाट आरतीको निधार र छातीको केहि भाग जलेको छ ।

 उनको उपचार जानकी हेल्थकेयरमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *