अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २९ गते
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार २२५ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ४५ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख ७३ हजार ४७९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८१ लाख ६३ हजार ५७२जना संक्रमणमुक्त भएका छन् ।