पुर्खौली पेशा जोगाउदै निजी बिधालयका शिक्षक लक्ष्मण पंण्डित

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  मङ्सिर १ गते

पुर्खौली पेशा विस्थापित हुन थालेपछि लहान ४ का ४७ वर्षीय लक्ष्मण पण्डित माटाका भाडा र मुर्ति बनाउन जुटेका छन्।

दुई दशक भन्दा पनि लामो समय देखि निजी बिधालयमा मा.वी स्तरको गणित विषयको अध्यापन  गराईरहेका पण्डित भने निजी बिधालय प्रति रुष्ट छन । श्रम अनुसारको तलब सुबिधा नआएपनी शिक्षण पेशालाई कायम राख्नु उनले आफ्नो बाध्यता रहेको बताए ।  निजी बिधालय र संचालकको कन्जुस्याइँले गर्दा  ५ जनाको परिवार चलाउन उनी आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिएको बताउछन ।

साथै आफ्नोकुमाल समुदायका पाका पुस्ता यस पेशाबाट विस्थापित हुन थालेपछि त्यसको संरक्षणका लागि पनि लक्ष्मण पण्डितले यस पेशालाई जिवित राख्नुपर्ने बताए । माटाका भाडा बनाउने र पुख्र्यौली पेशा संरक्षणमा लागे पनि कामदार, माटो र दाउराको अभाव वर्षेनी बढेकाले समस्या झनै बढेको गुनासो उनको छ । कला संस्कृतिका धनी कुमाल समुदायको पहिचान गुम्न नदिनका लागि यस पेशाप्रति युवा पुस्ताको आकर्षण बढ्नुपर्नेमा पण्डितको जोड रहेको छ ।

शिक्षक पण्डितले भने ‘कुमहालहरुको परम्परागत पेशा संकटमा परेको छ । दिपावली र छठ लगायत धार्मिक कार्यमा माटोका दिप, घैला, ढकना, मुर्ति, बस्नालगायतका भाडा वर्तन ठाउँमा विधूतीय सामग्रीहरु प्रयोग हुन थालेपछि कुमहालहरुको पेशा संकटमा परेको हो । धार्मिक कामममा माटोले बनाएको दियो,ढकनी आदी समानहरुको विक्री विगतमा भन्दा कम भएको छ।’

२०५१ साल देखि शिक्षण पेशामा समेत आबद्ध रहेका शिक्षक पण्डित हाल लाहान ८ स्थित लाहान मनकामनामा शिक्षणरत छन । उनको जन्म २०२८ सालमा भएको थियो । पण्डितले २०४४ मा एसएलसी उतिर्ण गरी लाहान क्याम्पस लाहान अथार्थ हालको जे.एस.मुरारका क्याम्पसबाट प्रवीणता प्रमाणपत्र उतिर्ण गरे र सोही क्याम्पसबाट पछि गणित विषयमा स्नातक गरे । शिक्षक पण्डितको दुई छोरी, एक छोरा र श्रीमतीलगायत जम्मा ५ जनाको परिवार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *